साथी एपबाट घरमै पिसिआर टेस्ट गराउन सकिने

काठमाडौं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल...

झलनाथ खनालले जिते कोरोना संक्रमण

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोरोना संक्रमणलाई जितेका छन् । एक हप्ता अघि कोरोना संक्रमण भएपछि खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । आइतबार उनको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको हो । उनले केहि दिन अझै अस्पताल बसेर मात्रै निस्चार्ज हुने बताएका छन् ।...

अमेरिकामा गोलीकाण्ड एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने...

माधव नेपाल समूहद्वारा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेका सांसदहरूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धताका साथ आउन समय दिएका हुन्...

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

धादिङ । जिल्लाअस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टासम्म काम गर्दा थकित भए पनि काम नरोकेको धादिङ अस्पतालका स्वास्थ्य सहयोगी कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकोले...

दसैंअघि नै रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्न तयार रहनुस्…

आफुलाई उद्यमी मात्रै बताउने पवन गोल्यानको २५ वर्षदेखि चलिरहेको धागो मिल छ, त्यो रिलायन्स स्पिनिङ मिल्स हो । तर, कोभिडको दोस्रो लहरका माझ उनको उद्योग पनि प्रभावित बनेको छ । उत्पादनमा सामान्य कमी भएपनि उनको उद्योगको उत्पादन थोरै मात्र घटेको छ । रिलायन्स नेपालको सबैभन्दा ठूलो निर्यातमुलक उद्योग हो...

छिट्टै बहुमतको नयाँ सरकार बन्छः माओवादी प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा श्रेष्ठले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि(सोमबार) विश्वासको मत प्राप्त...

सात पेज लामो कामको फेहरिस्त बुझाएर राजिनामा दिए गुरूङले (राजीनामा वक्तव्यसहित)

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएका हुन् । गुरूङले असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको ७ पेज लामो राजीनामा वक्तव्यमा उल्लेख गरेका छन् । यसैबीच गण्डकीकी...

भक्तपुरका अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गर्दै नेपाल प्रहरी

भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले...

नेपालगञ्जमा सङ्क्रमितको घरघरमै गएर उपचार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका­ १ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ । चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधि...