Shikhar Insurance

समाचार सेयर भएवापत फेसबुक र गुगलसँग अनलाइनहरुले पैसा पाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । अस्ट्रेलियाले संसारकै पहिलो त्यस्तो कानुन बनाएको छ जसले अब फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचार राखे वापत पैसा तिर्नुपर्नेछ । अस्ट्रेलियाको यस्तो कानुन प्रति अमेरिकी टेक कम्पनीहरुले कडा बिरोध जनाएका छन् ।

पछिल्लो हप्ता फेसबुकले अस्ट्रेलियामा समाचारजन्य सामग्री ब्लक गरिदिएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न पनि रोक लगाएको थियो । भलै यो हप्ता सरकारसँगको वार्तापछि फेसबुकले समाचारजन्य सामग्री हटाउने निर्णय फिर्ता लिएको थियो । सोही छलफलपछि सरकारले तल्लो सदनमा प्रस्तावित कानुनमाथि संसोधन गरेको हो । केहि सवालमा भने दुबै कम्पनीलाई नयाँ राहतका सुबिधा दिईएको थियो ।
तर दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिने प्रतिवद्धता गराईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्ट्रेलियाको यो कानुन संसारभरका नियामकहरुका लागि डिजिटल माध्यममा समाचार जन्य सामग्री सेयर गर्दा पैसा तिर्नुपर्ने नयाँ मोडल साबित हुने बताईएको छ । बिहिबार मात्रै अस्ट्रेलियाको तल्लो सदनले सो कानुन पारित गरेको छ ।

कानुनमा खास के छ ?
प्रस्तावित कानुनमा टेक कम्पनीहरुले समाचारजन्य सामग्रीहरु सेयर गर्दा शुल्क तिर्नुपर्छ । यद्यपी अहिलेसम्म यो स्पष्ट भएको छैन की त्यस्ता समाचार अनलाइनहरुलाई कति पैसा तिर्नुपर्छ । यो कानुनले सञ्चारमाध्यमहरुलाई टेक कम्पनीसँग संगठित रुपले छलफल गर्ने सुबिधा दिएको छ । सञ्चार माध्यमहरुले आफ्नो क्षमता अनुसार आफ्ना सामग्रीहरुको मूल्य माग्न सक्छन जुन टेक कम्पनीहरुको न्युज फिड र नतिजामा देखिन्छन् ।

त्यस्तो छलफलले निष्कर्ष दिन नसकेमा अस्ट्रेलियाको कम्युनिकेशन्स एण्ड मिडियो प्राधिकरणमा पुग्नेछ र उसैले बाँकी कुरा मिलाउनेछ ।
साथै, गुगल र फेसबुकले आफ्ना कुनै फिचर बदल्नु परेमा पनि त्यस अघि नै प्रकाशकहरुलाई सूचना दिनुपर्छ ।

अस्ट्रेलिया किन ल्याउँदैछ यस्तो कानुन ?
अस्ट्रेलिया सरकारको तर्क छ की टेक कम्पनीहरुले न्युज रुमलाई उनीहरुको पत्रकारिताका लागि उचित मूल्य दिनुपर्छ । अस्ट्रेलियाका सञ्चार उद्योगहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन र मिडिया लोकतन्त्र जोगाउन पनि सरकारले नयाँ व्यवस्था अघि सारेको बताएको छ ।
न्युज कर्प अस्ट्रेलिया(रुपक मुडोर्कको मिडिया घरानाको एक कम्पनी)ले मिडिया विज्ञापनमा आईरहेको दिर्घकालिन गिरावटका कारण सरकारमाथि टेक कम्पनीहरुसँग वार्ता गर्न दबाव बढाईरहेको छ ।

यतिबेला मिडियाहरुको आम्दानी घटेको छ तर गुगलको कमाई बढिरहेको छ । सन २०१९ मा पनि गुगलले १६० बिलियन डलर कमाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्