Shikhar Insurance

सिभिल बैंकको नाफा ५० करोड नाघ्यो, कस्ता छन् अरु सूचक ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ०८:५६
NIMB
Nabil Bank

काठमाडौं । सिभिल बैंकले ९ महिनामा आफ्नो नाफा आधा अर्ब नघाएर ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा आफ्नो नाफा ३९.३९ प्रतिशतले बढाउन सफल भएको हो । बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

बैंकले चैत मसान्त अवधीमा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६१.९६ प्रतिशतले बढी हो भने भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढी हो । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्