Shikhar Insurance

९ महिनामा कति कमायो महालक्ष्मी विकासले ? कति भयो व्यवसाय विस्तार ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ०९:४५
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ३९ करोड ७१ लख रुपैयाँ नाफा कमाएको थियो ।

महालक्ष्मीको वितरण योग्य नाफा भने २५ करोड ७६ लाख रुपैयाँ रहेको छ । ३ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मीले चालु आवको चैत मसान्त अवधीमा ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ४.४४ प्रतिशत छ भने कस्ट अफ फण्ड ५.६१ प्रतिशत रहेको छ । महालक्ष्मीको स्प्रेड दर ४.८० प्रतिशत रहँदा आधार ब्याजदर ७.९८ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १६.१० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५४.९० रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्