Shikhar Insurance

बैंकले दुःख दिए वा सेवा चित्त बुझेन ? राष्ट्र बैंकले ल्यायो गुनासो वेभ पोर्टल

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक् तथा वित्तिय संस्थाहरुको सेवाबारे गुनासो गर्न छुट्टै वेभ पोर्टल ल्याएको छ । राष्ट्र बैंकले अब आफुद्धारा लाइसेन्स प्रदान गरिएका सबै संस्थाहरु सम्बन्धी गुनासो सोही पोर्टल मार्फत लिने र इमेल मार्फत कारवाहीको जानकारी दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले लाइसेन्स दिएका संस्थाहरुले दुःख दिए वा सेवा चित्त नबुझेमा नागरिकहरुले सिधै http://gunaso.nrb.org.np मा लगइन गरेर गुनासो दर्ता गराउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्ररअनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्थारएजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको छ ।’, राष्ट्र बैंकले भनेको छ ।

गुनासो दर्ता गर्ने प्रक्रियाः

१) गुनासो दर्ता गर्ने ।

२) गुनासो दर्ता भएको जानकारी र दर्ता नं। इमेल मार्फत प्राप्त हुनेछ ।

३) गुनासो दर्ता नं। द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ ।

४) यहाँ दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्