Shikhar Insurance

नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र बैशाख २२ गतेदेखि, कति पाइन्छ प्रतिफल ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको साढे ३ अर्बको ऋणपत्र बैशाख २६ गतेदेखि निष्काशन हुने भएको छ । वार्षिक साढे ८ प्रतिशत ब्याज प्राप्त हुने ऋणपत्र १० वर्ष अवधिको हुनेछ । ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामबैशाख २२ गते देखी बिक्री खुल्ला गर्ने भएको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ । जसको ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । साथै, बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने उल्ल्ेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ऋणपत्र बिक्रीका प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । इच्छुक लगानीकर्ताले छिटोमा बैशाख २६ गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

आवेदन दिनका लागि लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको जनाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्