Shikhar Insurance

पार्टी एकताका लागि ओलीमाथि दबाव बढ्दै, डिनरै छाडेर हिडे बामदेव गौतम

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार ०९:४२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी अ‍ोलीमाथि पार्टी एकता जोगाउन दबाव बढ्दै गएको छ । दोश्रो तहका नेताहरुको दबावपछि बरिष्ठ नेता माधव कुमार नेपालसँग दुई पटक एकल छलफल गरेका ओलीले बिहिबार उपाध्यक्ष बामदेव गौतमलाई सरकारी निवास बालुवाटारमा डिनरका लागि बोलाएका थिए । ओलीले गौतमलाई निःशर्त पार्टी काममा फर्कन आग्रह गरे तर गौतमले आफ्नो बटमलाइन सुनाए । गौतमले फागुन २८ गते ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता नभएसम्म आफु पार्टीमा फर्कन नसक्ने जवाफ दिएपछि ओली मौन बसे ।
गौतमलाई फकाएर नेपाल–खनाल समुहमाथि दवाब बढाउने रणनीतिमा रहेका ओलीलाई गौतमको रुखो जवाफले ठूलै तनाब दिएको छ । गौतमले पार्टी एकता अपरिहार्य रहेको र त्यसका लागि फागुन २८ को निर्णय फिर्ता बटमलाइन रहेको बताएका थिए ।

गौतमलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले फेसबुकमा लेखेका छन

Citizen Life
Kumar Bank
Nepal Life

सबैको जानकारीका लागि हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।
वामदेव गौतम
१० वैसाख २०७८’

बरिष्ठ नेता माधव नेपालसँगको छलफलमा पनि ओलीले निःशर्त पार्टी काममा फर्कन आग्रह गरेका थिए । नेता नेपालले पनि उनलाई फागुन २८ को निर्णय फिर्ता पहिलो शर्त भएको स्पष्ट रुपमा बताएका थिए ।

सबै कार्यकर्ताहरु पार्टी एकताका पक्षमा रहँदा ओलीले हठ नछोडेपछि उनी पक्षिय नेताहरुले नै यतिबेला दवाब बढाउन थालेका छन् । ओलीकै कारण पार्टी एकता सम्भव नहुने अवस्था बन्दै गएको सन्देश आम कार्यकर्तामा फैलिईरहेको छ । त्यसले आफुहरुको राजनीतिक भविष्य समेत समाप्त पार्ने भन्दै ओली पक्षका नेताहरु तनाबमा परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्