Shikhar Insurance

अमेरिकालाई चीनको जवाफः हाम्रो लोकतन्त्रमा तिम्रो कोकाकोलाको जस्तो स्वाद नखोज्नु

सिंहदरबार संवाददाता
२०७८ बैशाख ११, शनिबार १३:१८
NIMB
Nabil Bank

काठमाडौं । चीनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो लोकतन्त्रमा कोकाकोलाको स्वाद नखोज्न अमेरिकालाई चेतावनी दिएका छन् । विदेशमन्त्री यीले चिनलाई आफ्नो विकल्प आफै रोज्ने अधिकारको सम्मान गर्न अनुरोध पनि गरेका छन् ।

शुक्रबार चिनियाँ विदेश मन्त्री यी र अमेरिकी विदेश मामला काउन्सिलका अध्यक्ष रिचर्ड हासबीच भिडियो कन्फेरेन्समा कुराकानी भएको थियो । कन्फेरेन्समा दुई देशबिचको सम्बन्धलाई थप प्रभावकारी र शान्तिपूर्ण बनाउने सम्बन्धमा छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कन्फेरेन्सबारे चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेका छन की लोकतन्त्र कुनै कोकाकोला होइन जसको स्वाद संसारको जुनुसकै कुनामा समान हुने प्रतिवद्धता गरिएको होस् । चिनियाँ विदेश मन्त्रीले चिनियाँ लोकतन्त्रले आफ्ना नागरिकहरुलाई शान्तिपूर्ण र सुखद जीवन प्रदान गरेको बताउँदै अमेरिकाले त्यसको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्