Shikhar Insurance

धरहरा उद्घाटन भयो तर चढ्न भने पाँइदैन

सिंहदरबार संवाददाता
२०७८ बैशाख ११, शनिबार १४:२०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । भव्य कार्यक्रमका बीच ओलीले उद्घाटन गरेको धराहरा चढ्न भने अहिले पाइदैन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले धरहराको २२ औँ तलामा पुगेर अवलोकनसमेत गरेका छन् । उद्घाटन भए पनि निर्माण सम्पन्न भै नसकेका कारण सर्वसाधरणले भने तत्काल धरहरामा चढ्न पाउने छैनन् । सर्वसाधरणले अवलोकनका लागि भने अझै केहि समय कुर्नुपर्ने बताइएको छ ।
६ बर्षअघि २०७२ वैशाख १२ गतेको भूकम्पमा धरहरा ढलेको थियो । त्यसपछी धरहरा पुर्ननिर्माण लागि २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । त्यसैले उद्घाटनको ‘जस समेत आफैँले लिनका लागि निर्माण सम्पन्न नहुँदै’ उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलगायतको उपस्थिती रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।

नयाँ धरहराको विशेषता हरु

– झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानै धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको

– निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु

– करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको

– अर्ध–भूमिगतसहित चारतल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेका

– ४ सय गाडी र ७ सय मोटरसाइकल क्षमताको भूमिगत पार्किङको व्यवस्था

– बाहिरबाट हेर्दा ११ तला देखिने, जमिन मुनि दुई तल्लाको भूमिगत संरचना, जमिनमाथि २३ तला गरी समग्रमा धरहरा २५ तल्लाको

– जमिन माथिबाट गजुरसहितको उचाई ८३.८५ मिटर भूमिगत तल्लासहित जोड्दा ९२.२५ मिटर

– आधुनिक प्रविधिको प्रयोग कपटकमा १० जनाले यात्रा गर्न सक्ने २ वटा लिफ्ट तथा फलामको भर्याङ राखिएको

– दृश्यावलोकनका लागि २० औं तल्लामा २.५ मिटरको बार्दली राखिएको

– २२ औँ तल्लामा पुराने धरहराको शिवलिङ्ग स्थापना गरिएको

GBIME

प्रतिक्रिया दिनुहोस्