एलआईसी नेपालको बदमासीः हकप्रदका नाममा चलखेल गरेर दोष जति सेबोनलाई

काठमाडौं । हकप्रद सेयर जारी गर्ने सूचना देखाएर बजारमा करिब ६ महिनादेखि चलखेल गर्दै आएको एलआईसी नेपालले धितोपत्र बोर्डमाथि गम्भिर आरोप लगाएको छ ।एलआईसी नेपालले नेपाल बीमा प्राधिकरणलाई लेखेको पत्रमा धितोपत्र बोर्डका कारण हकप्रद सेयर निष्काशनमा बिलम्ब भएको जवाफ दिएको हो । प्राधिकरणले एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्ने अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र जवाफ पेश गर्न मंसिर १५ गते पत्र लेखेको थियो । एलआईसीले मंसिर २२ गते पत्र लेख्दै नेपाल धितोपत्र बोर्डका कारण हकप्रद सेयर जारी गर्न ढिलाई भएको स्पष्टीकरण दिएको हो । जबकी २०८० असार १५ गते बीमा प्राधिकरणबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको कम्पनीले २०८० असोज २९ गते मात्रै बोर्डमा अनुमतिका लागि आवेदन दिएको थियो । प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने अनुमति खारेज गर्न लागेको सूचना पाएपछि कम्पनीले मंसिर १३ गते मात्रै बोर्डलाई पत्र लेखेर हकप्रद सेयर जारी गर्ने प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको थियो । प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएको साढे तीन महिनापछि मात्रै बोर्डमा निवेदन दिएको कम्पनीले त्यसको डेढ महिनापछि मात्रै दोश्रो पटक ताकेता गरेको देखिन्छ । एलआईसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर रोक्दै बीमा प्राधिकरण ‘एलआईसीले हकप्रदका नाममा बजारमा चलखेल गरेका संकेतहरु पाएका छौं, बीमा प्राधिकराणबाट अनुमति पाएको साढे तीन महिनापछि मात्रै बोर्डमा आवेदन दिनु आफैंमा गम्भिर संकास्पद … Continue reading एलआईसी नेपालको बदमासीः हकप्रदका नाममा चलखेल गरेर दोष जति सेबोनलाई