Shikhar Insurance

लकडाउनका लागि जोहोः सर्वसाधारणले बैंकबाट निकाले २२ अर्ब रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । वि.सं. २०७७ को पहिलो १० दिनमै वाणिज्य बैंकहरुमा रहेको निक्षेप १० अर्बले कम भएको छ । आम सर्वसाधारणमा लकडाउनको डर छाउँदा उनीहरू बैंकबाट पैसा निकालेर साथमा राख्न उद्दत भएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार पहिलो महिनाको १० दिनमा वाणिज्य बैंकहरुमा रहेको निक्षेप २२ अर्बले घट्दा कर्जा लगानी १० अर्बले बढेको छ । लकडाउन हुनसक्ने अनुमानका साथ निक्षेपकर्ताले बैंकबाट पैसा निकालेर साथमा नगद राखेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ वर्ष लागेसँगै कोभिड संक्रमितको संख्या बढ्न थालेको थियो । अहिले दैनिक संक्रमितको संख्या २५ सयभन्दा बढी छ । अर्कातर्फ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरू हुँदैछ । नयाँ वर्ष लागेसँगै सर्वसाधारणले बैंकबाट पैसा झिक्न थालेका हुन् ।

वि.सं. २०७७ चैत ३१ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब निक्षेप संकलन गरि ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका थिए । २०७८ वैशाख १० गतेसम्म आइपुग्दा बैंकहरुको निक्षेप ३९ खर्ब २२ अर्बमा खुम्चिएको छ भने कर्जा प्रवाह विस्तार भएर ३५ खर्ब ८३ अर्ब पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्