Shikhar Insurance

दुवै डेपुटीको सेयरमा मोह, ढुंगाना र मिश्रमा को धनी ? (सम्पत्ति विवरणसहित)

झापामा मिश्रका ७ ठाउँमा जग्गा, ढुंगानाले लिइन् विदेश भ्रमणबाट ४० लाख भत्ता
सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको सम्पत्ति विवरण सार्वजिनक भएको छ । सम्पत्ति विवरणमा केन्द्रिय बैंकका उच्च ओहोदामा रहेका झापालीद्वयसँग घर, जग्गा, सेयर, सवारी, चलअचल सम्पत्ति गरी करोडौंको सम्पत्ति रहेको पाइएको छ ।

पुर्ख्यौली घर झापा भएपनि टोखाको सुनगाभा कोलोनीमा वस्दै आएकी वरिष्ठ डेपुटी गभर्नर ढुंगानाको आफू, पति विष्णुप्रसाद तिम्सिना र छोरो अथर्व तिम्सिनाको नाममा सम्पत्ति छ । टोखाको घर उनले २०६१ सालमा बनाएकी हुन् । पैतृक सम्पत्ति बेचेर जागिरबाट कमाएको अन्य पैसा समेत जोडर उनले सो ३ तल्ले घर बनाएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसबाहेक झापामा उनको पति र आफ्नो नाममा रहेको जग्गा पनि छ । ढुंगाना परिवारसँग ४५ तोला सुन र ५० तोला चाँदी छ ।

विभिन्न बैंकमा उनको परिवारको १ करोड ४० लाख रूपैयाँ नगद मौज्दात छ । १८ बैंक तथा वित्तीय संस्थामा उनीहरूको सेयर छ । सेयर संख्या २० कित्तादेखि २३ सय २० कित्ता रहेको पाइएको छ ।
सवारी साधनको नाममा उनीहरूसँग एउटा बाइक र एउटा कार छ ।

उनले विदेश भ्रमणबाट ४० लाख र नेपाल राष्ट्र बैंकको विभिन्न विभागमा काम गर्दा ५ लाख बराबरको बैठक भत्ता बुझेकी छन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीको कोटामा डेपुटी बनेका थिए ।

 

अर्का झापाली मिश्रको सम्पत्तीको चाङ ढुंगानाको भन्दा ठूलो छ । साढे ७ लाखमा किनेको घर छ । सो घर श्रीमती सीतादेवी कुँवरको नाममा राखेका छन् ।

मिश्रको झापाको ७ ठाउँमा जग्गा छन् । सो जग्गा उनले किनेका, अंश पाएका तथा बकस प्राप्त गरेका हुन् ।

उनको परिवारसँग २५ तोला सुन तथा २५ तोला चाँदी छ । यी चल सम्पत्ति ससुरालीबाट पाएका हुन् ।

१० वटा बैंक तथा वित्तीय स‌ंस्थामा मिश्र परिवारको ४ लाख रूपैयाँको हाराहारीमा ब्यालेन्स छ भने परिवारका सदस्य १५ बैंक तथा वित्तीय संस्थाको सेयरहोल्डर हुन् । मेगा बैंकमा उनीहरूको सर्वाधिक १६ सय ४५ कित्ता सेयर छ ।

नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबाट गरी उनले १ करोड १६ लाख रूपैयाँ कर्जा लिएको देखिन्छ ।

उनको घरमा टीभी, फ्रिज, माइक्रोवेभलगायत सामाग्री छ ।

नेकपा एमाले केपी शर्मा ओली गुट झापाका नेताहरूले जुरूक्क बोकेपछि मिश्र डेपुटी बनेका थिए ।

 

हेर्नुस् वरिष्ठ डेपुटी ढुंगानाको सम्पत्ति विवरण :

 

प्रस्तुत छ, अर्का डेपुटी मिश्रको सम्पत्ति विवरण :

GBIME

प्रतिक्रिया दिनुहोस्