Shikhar Insurance

सुदेश खालिङलाई कुलिङले छेकेपछि डा. सन्धिर बने एभरेष्ट बैंकको कामु सिईओ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. सन्धिर कुमारलाई सुम्पिएको छ । पञ्जाब नेशनल बैंकको २० प्रतिशत सेयर रहेको एभरेष्ट बैंकमा हालसम्म भारतीय नागरिक नै सिईओ रहँदै आएका थिए । बैंकले १७ महिना मात्रै काम गरेका भारतीय मुलका सिईओ गजेन्द्रकुमार नेगीलाई फिर्ता पठाएर सुदेश खालिङलाई सिईओ बनाउने निर्णय गरेको थियो ।

तर राष्ट्र बैंकको कुलिङले खालिङको बाटो छेकिदियो । खालिङलाई कुलिङले रोकेपछि डा. सन्धिर कुमारलाई कामु सिईओको जिम्मेवारी दिईएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको एकिकृत निर्देशन न. ६ को १९ मा कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालकहरु नियमानुसार कार्यकाल थप भएको अवस्थामा बाहेक जुनसुकै कारणबाट हटेपनि ६ महिना समय नकटी अर्काे बैंक तथा वित्तिय संस्थाको सञ्चालक वा अन्य कुनै हैसियतमा काम गर्न नपाउने व्यवस्था छ ।

लक्ष्मी बैंक सिईओ रहेका खालिङ त्यहाँबाट बाहिरिएपछि सिटिजन्स बैंकमा सञ्चालक थिए । सिटिजन्स बैंकको सञ्चालकबाट राजीनामा गरेर खालिङले एभरेष्टको सिईओ बन्ने बाटो रोजेका थिए । तर राष्ट्र बैंकको कुलिङ सम्बन्धि सोही व्यवस्थाले एभरेष्टको पहिलो सिईओ बन्ने खालिङको योजना पर धकेलियो । त्यस्तै, स्थापना कालदेखि नै भारतीयले मुल व्यवस्थापकिय नेतृत्व सम्हाल्दै आएको बैंकले नेपाली सिईओ पाउने अवधी पर सर्यो ।

एभरेष्ट बैंकले नायब महाप्रबन्धक डा. सन्धिर कुमारलाई कामु सिईओ नियुक्त गर्ने निर्णय बैशाख १२ गते आइतबारका दिन गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्