Shikhar Insurance

माधव नेपालहरुको रिटले अग्राधिकार पायो, आयोग र ओलीलाई जवाफ पठाउन आदेश

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १९:०३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतले दायर गरेको रिटलाई सर्वाेच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । बरिष्ठ नेता नेपाल, उपाध्यक्ष भिम रावल, उप महासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिटलाई सर्वाेच्च अदालतले अग्राधिकार दिएर चाँडै न्यायिक निरुपण गर्नुपर्ने विषयको सूचिमा राखेको हो ।

एमाले अध्यक्ष केपी ओलीले आफूहरुमाथि गरेको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन आदेश माग्दै चार जना नेताहरुले सर्वाेच्च अदालतमा रिट हालेका थिए । अन्तरिम आदेश माग गरिएको रिटमा अदालतले त्यस्तो आदेश भने दिएन् । निर्वाचन आयोग र एमाले अध्यक्ष ओली विरुद्ध दायर मुद्धामा सर्वाेच्च अदालतले महान्याधिवक्ताको कार्यालय मार्फत जलिखित जवाफ माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमाले अध्यक्ष ओलीले बिधान विपरिद बरिष्ठ नेतासहित २७ जना सांसदसँग स्पष्टीकरण मागेका थिए भने चार जना नेताहरुलाई कारवाही गरेका थिए । दलको विद्यमान विधानले आफुहरुलाई कारवाही गर्ने अधिकारी ओलीलाई नदिएको भन्दै माधव नेपाल लागयतका नेताहरुले सर्वाेच्चमा मुद्धा हालेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्