Shikhar Insurance

निषेधाज्ञामा पनि सेयर बजार खुल्छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । एक हप्ते निशेधाज्ञाको समयमा पनि सेयर बजार भने खुल्ला रहने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर कारोबार खुल्ला रहने बताए । ‘सेयर बजार अत्यावश्यक सेवामा पनि पर्छ, अहिले सेयर कारोबारका लागि अनलाइनबाटै सम्भव पनि हुन्छ, यो निषेधाज्ञा अवधीमा सेयर बजार खुल्ला रहन्छ’, अध्यक्ष ढुंगानाले भने ।

ब्रोकरहरुले सिमित कर्मचारीहरु मार्फत सेवा दिनुपर्ने र उनीहरुलाई कार्यालय आवतजावतका लागि कार्यालयको परिचय पत्र देखाउँदा हुने पनि उनले बताए । ‘अहिले अनलाइनबाटै सेयर कारोबार भैहाल्छ, पहिले पनि लकडाउनमा सेयर बजार खुलेकै हो, अहिले पनि खुल्छ, लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ’, अध्यक्ष ढुंगानाले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उपत्यकाका तीनै जिल्लामा बैशख १६ गतेदेखि लागु हुने गरि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्