Shikhar Insurance

एभरेस्ट बैंकको निराशाजनक वित्तीय विवरण, वितरणयोग्य नाफा भने बढ्यो

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ०८:५६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एभरेस्ट बैंकले १ अर्ब ५० करोड ७४ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको ९ महिनाको तुलनामा ३५.९३ प्रतिशत कम नाफा गरेको हो ।

गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३५ करोड २६ लाख रूपैयाँ नाफा गरेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा बढेर १ अर्ब ६ करोड ५३ लाख पुगेको छ । गत वर्ष यस्तो नाफा ९४ करोड रूपैयाँमात्र थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा ३५ प्रतिशतले घटेका कारण खुद मुनाफा घटेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशतले घटेर २ अर्ब ८१ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी २८.०६ प्रतिशतले घटेर ५७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत आव बैंकको सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड थियो ।

बैंकले हालसम्म १ खर्ब ५५ अर्ब ६५ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २० अर्ब ३७ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर ०.१२ प्रतिशतमा सिमित भएको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 155655693

कर्जा : 120375538

खुद मुनाफा : 1507446

वितरणयोग्य मुनाफा : 1065386

खुद ब्याज आम्दानी : 2814347

सञ्चालन मुनाफा : 2153422

प्रतिसेयर आम्दानी : Rs. 22.5

नेटवर्थ : Rs. 235.72

कोषको लागत : Rs. 4.55

खराब कर्जा : 0.12 %

आधार ब्याजदर : 6.1 %

स्प्रेड दर : 3.36 %

GBIME

प्रतिक्रिया दिनुहोस्