Shikhar Insurance

नेपाल बंगलादेश बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ३५ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ०९:१८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बंगलादेश बैंकले १ अर्ब ६३ करोड ८४ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको ९ महिनाको तुलनामा ६३.०२ प्रतिशत बढी नाफा गरेको हो ।

गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५० लाख रूपैयाँ नाफा गरेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २ करोड ८० लाखबाट बढेर ९८ करोड ३२ लाख रूपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा ५६ प्रतिशतले बढ्दा बैंकको खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब १४ करोडबाट ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी भने ११.०९ प्रतिशतले बढेर ८४ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आव बैंकको सञ्चालन मुनाफा १ अर्ब ४६ करोड रूपैयाँ मात्र थियो ।

बैंकले हालसम्म ७३ अर्ब २९ करोड रूपैयाँ निक्षेप परिचालन गरी ६६ अर्ब २७ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २.७६ बाट घटेर १.९१ प्रतिशतमा सिमित भएको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 73291056

कर्जा : 66271808

खुद मुनाफा : 1638409

वितरणयोग्य मुनाफा : 983229

खुद ब्याज आम्दानी : 1983597

सञ्चालन मुनाफा : 2288535

प्रतिसेयर आम्दानी : Rs. 24.26

नेटवर्थ : Rs. 165.76

कोषको लागत : Rs. 5.47

खराब कर्जा : 1.91 %

आधार ब्याजदर : 7.56 %

स्प्रेड दर : 4.15 %

GBIME

प्रतिक्रिया दिनुहोस्