Shikhar Insurance

व्यवसाय विस्तारमा ध्यान दिएको कृषि विकास बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ४३ करोड

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकले अघिल्लो आवको भन्दा प्रगति गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा १.३९ प्रतिशत बढी नाफा गरेको हो भने अन्य वित्तीय परिसूचकमा पनि सुधार आत्मसाथ गरेको छ ।

बैंकले यस अवधिमा २ अर्ब ७ करोड ३० लाख रूपैयाँ खुद मुनाफा गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ४ करोड ४६ लाख रूपैयाँ नाफा गरेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड १९ लाख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढ्दा बैंकको खुद मुनाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३६ करोडबाट १.५३ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड ८६ लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी भने २१.४९ प्रतिशतले बटेर १ अर्ब १४ करोड ३३ लाखमा सिमित भएको छ ।

बैंकले यस अवधिमा २ अर्ब ९३ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ८६ करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म १ खर्ब ४५ अर्ब ३९ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४५ अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंक व्यवसाय विस्तारतर्फ आक्रामक देखिन्छ । एक वर्षमा बैंकको निक्षेप करिब २ अर्बले बढ्दा कर्जा विस्तार २४ अर्बभन्दा बढीले गरेको छ ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर ३.०८ प्रतिशतमा आइपुगेको छ ।

१० अर्ब ९८ करोड रूपैयाँ चुक्तापुँजी भएको कृषि विकास बैंकको रिजर्भमा १० अर्ब ११ करोड रूपैयाँ छ ।

कर्जा र निक्षेपको ब्याजदरअन्तर घटाउँदा बैंक नाफा बढाउन सक्षम भएको हो । १ वर्षको अवधिमा बैंकको आधारदर ९.९७ प्रतिशतबाट ७.४८ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ४.४२ प्रतिशतबाट ४.३५ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 145360913

कर्जा : 145940978

खुद ब्याज आम्दानी : 4428607

सञ्चालन मुनाफा : 2934235

खुद मुनाफा : 2073061

वितरणयोग्य मुनाफा : 1431926

प्रतिसेयर आम्दानी : Rs. 25.15

नेटवर्थ : Rs. 226.47

कोषको लागत : 4.96 %

खराब कर्जा : 3.08 %

आधार ब्याजदर : 7.48 %

स्प्रेड दर : 4.35 %

GBIME

प्रतिक्रिया दिनुहोस्