Shikhar Insurance

राहत कार्यक्रमलाई निरन्तरता दिने गभर्नरको घोषणा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राहत कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । केन्द्रिय बैंकको ६६ औं वार्षिकोत्सवका अवसरमा कोभिड १९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका नीतिगत व्यवस्थालाई निरन्तरता प्रदान गरिने जिकिर गरे ।

त्यस्ता गैर–परम्परागत, लचिलो एवम् सहजीकरणसहितका उपायले थप आर्थिक तथा वित्तीय स्थायित्व हासिल हुने गभर्नरको विश्वास छ । यी राहतका कार्यक्रम राज्यको मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी सुनिश्चित गर्ने योजना रहेको गभर्नरले सुनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा कारोनाको दोस्रो लहर सुरु भएसँगै आर्थिक गतिविधि प्रभावित भइरहेको छ । राज्यले अत्यावश्यकबाहेकका गतिविधि बन्द गर्ने गरी निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइसकेको । दैनिक ३ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् ।

यो परिवेशमा नयाँ ढंगले राहतका प्याकेज जिडाइन गरिने उनको भनाइको आशय छ ।

कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आव २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भईरहेको दाबी गभर्नर अधिकारीले गरे । अधिकारीले यस्तो उपलब्धी गराउने व्यवस्थालाई निरन्तरता दिने बताएका हुन् । यस्ता कार्यक्रमले उद्यमी व्यवसायीको मनोबल बढ्ने र आर्थिक वृद्धिमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्