Shikhar Insurance

नबिल बैंकको खुद मुनाफा १६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ४ अर्ब नजिक

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ०७:३६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले अघिल्लो आवको भन्दा १६.५ प्रतिशत बढी नाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिमा ३ अर्ब १५ करोड रूपैयाँ नाफा गरेकामा अहिले ३ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड २४ लाख रूपैयाँ छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिसन आम्दानी बढ्दा बैंकको खुद मुनाफा बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३७ करोडबाट ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड ६९ लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी भने १९.८९ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख पुगेको छ ।

बैंकले यस अवधिमा ५ अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म २ खर्ब ८ अर्ब ३३ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ८६ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंक व्यवसाय विस्तारतर्फ आक्रामक देखिन्छ। एक वर्षमा बैंकको निक्षेप १८ अर्बले बढ्दा कर्जा विस्तार ३८ अर्बभन्दा बढीले गरेको छ ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर ०.४८ प्रतिशतमा आइपुगेको छ ।

१३ अर्ब ४८ करोड रूपैयाँ चुक्तापुँजी भएको नबिल बैंकको रिजर्भमा १३ अर्ब ८४ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधारदर ७.८२ प्रतिशतबाट ६.१८ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ५.३४ प्रतिशतबाट ३.२ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 208333818

कर्जा : 186193198

खुद ब्याज आम्दानी : 5096962

सञ्चालन मुनाफा : 5240809

खुद मुनाफा : 3679870

वितरणयोग्य मुनाफा : 3802495

प्रतिसेयर आम्दानी : Rs. 36.40

कोषको लागत : 4.68 %

खराब कर्जा : 0.48 %

आधार ब्याजदर : 6.18 %

स्प्रेड दर : 3.2 %

GBIME

प्रतिक्रिया दिनुहोस्