Shikhar Insurance

खुद ब्याज आम्दानी १९ प्रतिशतले बढ्दा एनआईसी एसियाको नाफा ३ अर्ब

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ०७:५१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनआईसी एसिया बैंकले ३ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा २०.०७ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको यही अवधिमा २ अर्ब ५० करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ६ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीमा व्यापक सुधार आएपछि खुद मुनाफा बढेको हो । तर खुद फि तथा कमिसन आम्दानी भने घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५२ करोडबाट १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड ४३ लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी भने ३०.९४ प्रतिशतले घटेर १ अर्ब २७ करोड ४१ लाख पुगेको छ ।

बैंकले यस अवधिमा ४ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ६० करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म २ खर्ब ७५ अर्ब ३१ करोड रूपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ४७ अर्ब ६४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंक व्यवसाय विस्तारतर्फ आक्रामक देखिन्छ। एक वर्षमा बैंकको निक्षेप र कर्जा क्रमशः ३६.५५ प्रतिशत र ५४.६० प्रतिशतले बढेको हो ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर ०.४७ प्रतिशतमा आइपुगेको छ ।

११ अर्ब ५६ करोड रूपैयाँ चुक्तापुँजी भएको नबिल बैंकको रिजर्भमा ७ अर्ब ३९ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधारदर ९.६१ प्रतिशतबाट ६.७७ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ४.९२ प्रतिशतबाट ४.३८ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 275318035
कर्जा : 247643478
खुद ब्याज आम्दानी : 6584392
सञ्चालन मुनाफा : 4395654
खुद मुनाफा : 3004815
वितरणयोग्य मुनाफा : 1220603
प्रतिसेयर आम्दानी : Rs. 34.87
नेटवर्थ : Rs. 162.03
कोषको लागत : 5.03 %
खराब कर्जा : 0.47 %
आधार ब्याजदर : 6.77 %
स्प्रेड दर : 4.38 %

GBIME

प्रतिक्रिया दिनुहोस्