Shikhar Insurance

बिग मर्जरमा जान लागेको इन्भेस्टमेन्टले बढायो नाफा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ०९:३७
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ८४ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा १४.०९ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको यही अवधिमा २ अर्ब ४९ करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३८ करोड ५२ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी घटेपनि नाफा भने बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५३ करोडबाट ५.३१ प्रतिशतले घटेर ४ अर्ब २९ करोड ५१ लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी पनि ८६ करोड ८४ लाखबाट घटेर ७६ करोड ५४ लाख पुगेको छ ।

तर, बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५६ करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म १ खर्ब ६५ अर्ब ९६ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ५६ अर्ब ९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप घटेको छ भने कर्जा १५.५५ प्रतिशतले विस्तार भएको छ । अघिल्लो चैत मसान्तसम्म बैंकको निक्षेप र कर्जा क्रमशः १ खर्ब ६६ अर्ब ३६ करोड र १ खर्ब ३५ अर्ब ८ करोड थिए ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर २.३२ प्रतिशतमा आइपुगेको छ ।

१६ अर्ब २५ करोड रूपैयाँ चुक्तापुँजी भएको बैंकको रिजर्भमा १२ अर्ब ९४ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधार ब्याजदर ८.५३ प्रतिशतबाट ५.९५ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ५.०१ प्रतिशतबाट ३.५७ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 165967126
कर्जा : 156092371
खुद ब्याज आम्दानी : 4295184
सञ्चालन मुनाफा : 4128511
खुद मुनाफा : 2847131
वितरणयोग्य मुनाफा : 1385258
प्रतिसेयर आम्दानी : Rs. 23.47
नेटवर्थ : Rs. 186.72
कोषको लागत : 4.31 %
खराब कर्जा : 2.32 %
आधार ब्याजदर : 5.95 %
स्प्रेड दर : 3.57 %

GBIME

प्रतिक्रिया दिनुहोस्