Shikhar Insurance

एनसीसी बैंकको नाफा ११० करोड, होला त नविलसँग मर्जर ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १० करोड रुपैयाँ नाफा गरेको छ । यद्यपी यो नाफा गत आवको सोही अवधीको भन्दा ६ करोड कम हो । बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नविल बैंकसँग मर्जरको हल्ला चलेपछि एनसीसी बैंकको सेयरमा पछिल्लो समय लगानीकर्ताहरुको बिशेष चासो देखिँदै आएको छ । एनसीसी बैंकको वितरणयोग्य नाफा ८७ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले चैत मसान्त अवधीमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ९ करोड रुपैयाँ छ ।

बैंकले सेयर कारोबारबाट ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । एनसीसीको प्रति सेयर आम्दानी १४.२३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३८.२७ रुपैयाँ छ ।

कस्ट अफ फण्ड ५.४१ प्रतिशत रहँदा आधार ब्याजदर ७.४१ प्रतिशत र खराब कर्जा २.०५ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ३.७४ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्