Shikhar Insurance

अब बीमा पनि अत्यावश्यक सेवामा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बीमा सेवालाई अत्यावश्यक सेवाका रुपमा स्वीकार गरेको छ । गृह मन्त्रालयले निषेधाज्ञामा सञ्चालन हुने पाउने सेवाहरुको सूचि संसोधन गर्दै बीमा सेवालाई पनि समावेश गरेको हो । यसअघिसम्म बैंक तथा वित्तिय संस्था र सहकारीलाई मात्रै अत्यावश्यक सेवामा समावेश गरिँदै आएको थियो । अघिल्लो पटकका लकडाउनहरुमा बीमा कम्पनीका कर्मचारीहरुले आवत जावतमा ठूलै सास्ती भोग्नु परेको थियो ।

बीमा समितिकै कर्मचारीहरुलाई समेत प्रहरीले बाटोमै रोकेर केरकार गर्ने गरेका थिए । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालको प्रयासमा यसपाली बीमा सेवाले अत्यावश्सक सेवाको मान्यता पाएको हो । अब बीमा कम्पनीका कर्मचारीहरुले कार्यालयको परिचय पत्र देखाएर निर्वाध आवत जावत गर्न पाउनेछन् । बीमा कम्पनीहरुले यस्तो सुविधा प्राप्त हुनुलाई ठूलो उपलब्धि मानेका छन् । ‘पहिले पास चाहियो भन्दै सिडयो कार्यालय धाउँदा पनि हामी बीमालाई चिन्दैनौं भन्ने जवाफ आउँथ्यो, यसपाली समितिको लबिङले काम गर्यो’, एक बीमा कम्पनीका सिईओ सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

गृह मन्त्रालयको पूर्व सचिव रहिसकेका सिलवालले सरकारसँगको सम्बन्धलाई बलियो बनाएर लबिङ गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्