Shikhar Insurance

नियो डिजिटलले बनायो ‘ब्रामो’ मोबाइल गेम

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि. ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन । “ब्रामो” नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ ।

भर्खरै हाई स्कुल लेभल उतिर्ण यूवा युमिस निरौलासँग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो । ब्रामोको प्रारम्भ संगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्‍याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ ।

अन्तर्राष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतिले यो गेम मन पराउने विश्वास लिइएको छ । गएको महिना उपभोक्ता मूखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट(सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटिको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ । गेम प्ले  स्टोरमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्