Shikhar Insurance

वर्क फ्रम होमको व्यवस्था गर्न प्राधिकरणको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १८:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना मातहतमा रहेका सेवाप्रदायकलाई ‘वर्क फ्रम होम’ र विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले कोभिड १९ को दोस्रो लहर फैलिँदै गएको अहिलको अवस्थामा दूरसञ्चार सेवाको निरन्तरताको सुनिश्चितता कायम गर्नुपर्ने भएकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले सेवाप्रदायकलाई लक्षित गर्दै ९ बुँदे निर्देशन जारी गरेको छ जसमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्रहीमा संक्रमणको जोखिम कम गर्न आवश्यक उपाय अपनाउन भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै सेवाग्राहीको हकमा भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा उपलब्ध गराउन प्राधिकरणको निर्देशन छ । महसुल भुक्तानी लगायताका सेवा यथासम्भव विद्युतीय माध्यमबाट गर्न भनिएको छ भने सर्भिस सेन्टरहरुमा अनिवार्य स्यानिटाइजर लगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्नेछ ।

यस्तै बैठक, गोष्ठी लगायतका कार्यक्रम भर्चुअल रुपमा आयोजना गर्न निर्देशन दिइएको छ । साथै सेवाप्रदायकले कर्मचारीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न ‘वर्क फर्म होम’ को व्यवस्था गर्न पनि निर्देशन प्राधिकरणको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्