Shikhar Insurance

निषेधाज्ञाको पूर्वसन्ध्यामा बैंकर्स संघले भन्यो : यी तीन बुँदामा ध्यान दिनुस्

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार २३:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सरकारले कोभिड – १९ को दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यका लगायत देशका अन्य ठाँउहरुमा समेत निषेधाज्ञा जारी गरेको छ । यही परिप्रेक्षमा बैंकिङ्ग कारोबार गर्दा तीन विषयमा ध्यान दिन नेपाल बैंकर्स संघले आग्रह गरेको छ ।
पहिलो, कोभिड–१९ को प्रभाबवाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि सम्भव भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न संघको अनुरोध छ ।

दोस्रो, संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकमा आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तेस्रो, संघका अनुसार निषेधाज्ञामा पनि बैंकका शाखा तथा एटीएस बुथहरु खुल्ला नै रहन्छ । यसअर्थमा इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिएका भएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न संघले अपिल गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्