Shikhar Insurance

बैंकको विज्ञापन सीमा बढ्ने, बहुराष्ट्रिय कम्पनीलाई विज्ञापन अनिवार्य

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको दर बोर्डले निर्धारण गर्ने बताएका छन् । विज्ञापन चन्दा नभएर ब्रान्ड बनाउने अभियान बताउँदै उनले विज्ञापन बजारको नियमन गर्न आफूहरूले नेतृत्व लिने बताएका हुन् ।

नेपालको विज्ञापन बजार १७ अर्ब रूपैयाँको छ । सरकारले अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापनका नाममा ४ करोड रूपैयाँ विनियोजन गरेको छ । उनले भने, “विज्ञापन मायाको चिनोको रूपमा दिइएको हो, गलत विज्ञापन गर्नेलाई कारवाही हुन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

हुमागाईंले समय तोकेर रक्सी र चुरोटको पनि विज्ञापन गर्न दिने व्यवस्था रहेको बताउँदै यसलाई व्यवस्थित बनाउन कार्यविधी बनाउने जिकिर गरे । उनले बैंकलाई लगाईएको विज्ञापनको सिमा हटाउने र बहुराष्ट्रिय कम्पनीले पनि विज्ञापन गर्नै पर्ने व्यवस्था हुने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “कोकाकोलाले विज्ञापन वृद्धि गर्नै पर्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्