Shikhar Insurance

९ महिनामा निफ्राले गर्‍यो ५९ करोड नाफा, लगानीकर्ताले कति पाउँछन् ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । लन्डन स्टक एक्स्चेन्जमा बोन्ड जारी गर्ने योजनामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५८ करोड ९२ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको चैत मसान्तसम्म ५८ करोड २० लाख रूपैयाँ नाफा गरेको बैंकले चालु आवको तेस्रो त्रैमास बित्दासम्म नाफा बढाएको हो ।

यस अवधिमा निफ्राले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप बढाएको छ । बैंकमा राखेको मुद्दती निक्षेप ३ अर्ब ३७ करोड ४९ लाखबाट करिब ६ गुणा अर्थात् १९ अर्ब ६६ करोड ८७ लाख रूपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

खुद नाफाबाट नियामकीय समायोजन पछि बैंकको नाफा ४६ करोड ३२ लाख रूपैयाँ छ । यो नाफा बैंकको वितरणयोग्य नाफा हो । अघिल्लो चैत मसान्तसम्म यस्तो नाफा ४५ करोड ८६ लाख थियो ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो चैत मसान्तसम्म ईपीएस ६.४७ रूपैयाँ रहेकामा घटेर ५.०२ रूपैयाँमा झरेको छ । कोषको लागत भने ९.४ प्रतिशतमा यथावत् छ ।

बैंकको खुद ब्याज आम्दानी ९२ करोड ७६ लाखबाट बढेर ९३ करोड ५२ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफामा ५१ लाखले बढेर ८३ करोड ५५ लाख पुगेको छ ।

बैंकले हालसम्म २ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको चैत मसान्तसम्म ५८ करोड रूपैयाँमात्र कर्जा प्रवाह भएको थियो । बैंकबाट १२ अर्ब ६१ करोड रूपैयाँको कर्जा स्वीकृत भइसकेको छ ।

२० अर्ब रूपैयाँ चुक्तापुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब १५ करोड रूपैयाँ छ । बैंकले लिने निक्षेप २ करोड ५० लाखबाट बढेर ३० करोड ९४ लाख रूपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्