Shikhar Insurance

पूर्वमहारानी कोमल सिकिस्त, अक्सिजनको मात्रा कम भएपछि आइसीयूमा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उनलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्