Shikhar Insurance

अत्यावश्यक वस्तु अभाव भयो ? दिनैभरी खुल्छन् खाद्यका यी ४ बिक्री केन्द्र

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १३:२०
NIMB
Nabil Bank

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ । राजधानीमा आह्वान निषेधाज्ञामाझ खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरण गर्न भन्दै कम्पनीले काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकेको हो ।

यी बिक्री केन्द्रहरुमा बासमतीलगायत विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खाने तेल, घ्यू, स्यानिटाइजर लगायतका सामग्री बिक्री वितरण हुनेछ । कम्पनीका अनुसार थापाथली बिक्री केन्द्र बिहान ७ देखि बेलुका ७ बजेसम्म खुल्छ भने रामशाहपथ केन्द्र बिहान ७ बजेदेखि १० बजेसम्म खुल्छ । कम्पनीले नख्खु केन्द्र बिहान ७ देखि साँझ ५ बजेसम्म र सूर्यविनायक केन्द्र बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहने जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्