Shikhar Insurance

सेयर बजारद्वारा निषेधाज्ञालाई बढेर स्वागत, नेप्से २५.८२ अंकले उकालो लाग्दा ४ अर्ब ३५ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १६:२४
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन सेयर बजार २५.८२ अंकले बढेको छ । बिहीबार नेप्से १ प्रतिशतले बढेर २६११.१० अंकमा पुगेको हो ।

उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

आवगमन बन्द भएका कारण सेयर कारोबार पनि पूर्णतः अनलाइन माध्यमबाट मात्र गर्न भनिएको छ । यस्तोमा बजारमा करिब साढे ४ अर्बको कारोबार भइ परिसूचकमा सुधार आएको हो ।

उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिन सेयर बजारमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भयो । बिहिबार होटल एण्ड टुरिजम र इन्भेष्टमेन्ट बाहेकका सबै सब इण्डेक्सहरु उकालो लागे ।

बिहिबार सिंगटी हाइड्रो र महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक १०-१० प्रतिशत कमाए । बिशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत र साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले ८.५७ प्रतिशत कमाए ।

सबै भन्दा धेरै कारोबार भने एसीसी बैंकको सेयर भएको छ । बिहिबार एनसीसी बैंकको ३० करोड मूल्य बराबरको सेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १८ करोड र हिमालयन पावर पार्टनरको १६ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशीको सेयर पनि १६ करोड रुपैयाँ बराबरकै किनबेच भएको छ ।

यस्तो रह्यो बजारः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्