Shikhar Insurance

बन्द भयो कोरोना बीमा : बीमा गर्ने आउँदैनन्, कम्पनी पनि खुसी

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १९:२९
NIMB
Nabil Bank

काठमाडौं । कोरोना बिमा बन्द भएको छ । बीमा कम्पनीहरूले गत वर्षको वैशाखबाट सुरू भएको कोरोना बीमा लेख बिक्री गर्न छाडेका हुन् ।

कोरोना बीमा लेखको समायावधी समाप्त नहुँदै कम्पनीहरुले बीमा लेख बिक्री गर्न छोडेका हुन् । बीमा समितिले ल्याएको कोरोना बीमा निर्जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका छन् । कम्पनीहरुले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी २ वटा कोरोना बीमा लेख बिक्री भइरहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले कोरोना बीमा निर्देशिका गत भदौ २८ गते पहिलो पटक संसोधन गरेको थियो । संशोधित निर्देशिका अनुसार बैशाखमा बिक्री देखि भदौसम्म बिक्री भएको बीमा लेखको म्याद चैत मसान्तमा समाप्त भएको छ । भदौपछि बिक्री भएको कोरोना बीमा लेखको म्याद ०७८ असार मसान्तदेखि समाप्त हुनेछ ।

असार मसान्तपछि भने कोरोना बीमा लेख नै बन्द हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बिक्री भइसकेको बीमा लेखको दावी भुक्तानी म्याद हुँदासम्म हुन्छ तर असार पछि भने नयाँ कोरोना बीमा लेख भने बिक्री हुँदैन,’ उनले थपे ।

समितिले कोरोना बीमा मापदण्ड २०७७ को संसोधन गरी दावी भुक्तानी वापतको बीमांकलाई परिमार्जन गरेको थियो । दावीको वापतको रकम घट्दा यस तर्फको आकर्षण घटी बीमा गर्ने व्यक्ति घट्नुको साथै केही कम्पनीहरु स्यमले नै बीमा गर्न क्रमिक रुपमा छोडेको एक बीमा कम्पनीका सीइओले सिंहदरबालाई बताए ।

आफ्नै रिर्जभबाट पैसा भिकेर दावी भुक्तानी वितरण गर्नु परेपछि बीमा कम्पनीहरुले बीमा लेख बिक्री गर्न क्रमिक रुपमा छोडेको उनले बताए ।

सरकारले बजेटमा सरकारी कर्मचारीको अनुदानमा बीमा गराइदिने घोषणा गरेयता निजामति कर्मचारीहरुको मात्रै कोरोना बीमा गरिएको उनको भनाइ छ ।

‘कोरोना बीमा स्रोत संकलनभन्दा दायित्व बढी भएपछि शुरु भएको ४÷५ महिनामै सर्वसाधारणलाई बीमा लेख बिक्री गर्न कम्पनीहरुले छोड्न थालेका थिए,’ ती सीइओले थपे, ‘अहिले कुनै पनि कम्पनीले कोरोना बीमा गर्दनन्, यसैपछि यो असार मसान्तदेखि बन्द नै हुन्छ तर कम्पनीहरुले भने थप दायित्व भार र झन्झट नलिन अहिलेदेखि नै बिक्री गर्न छोडेका हुन्,’ उनले थपे ।

हालसम्म करिब १७ लाख जनाले कोरोना बीमा गरेको समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्