Shikhar Insurance

चिनलाई एक्ल्याएरअन्तराष्ट्रिय व्यापार अघि बढ्न सक्दैनः डब्ल्यूटीओ प्रमुख

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार २०:४९
NIMB
Nabil Bank

जेनेभा । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेका छन् ।

अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट सहयोग हुने बढी सम्भावना रहेको उनले बताए । तर चीनलाई एक्ल्याएर वा चिढ्याएर अन्तराष्ट्रिय व्यापारको पुनःसंरचना सम्भव नहुने पनि उनले बताए । चीनजस्तो शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूकाबारेमा संयुक्त राज्य अमेरिका, युरोपियन संघ र जापानले चिन्ता व्यक्त गर्दै विश्व अर्थतन्त्र बिग्रेको अवस्थामा औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका छन् । तर चीन यसको पक्षमा देखिन्न ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरूको प्रस्ताव पारित हुन चीनसहित डब्ल्यूटीओका १६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि दिइने सुविधाको फाइदा लिनु हुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ ।

गत सोमबार युरोपेली संघले आयोजना गरेको कन्फ्रेन्समा डब्ल्यूटीओका महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले भने, “मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग समन्वय ग¥यौं भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।”रासस

GBIME

प्रतिक्रिया दिनुहोस्