Shikhar Insurance

सीईडीबी हाइड्रोपावरको आईपीओ बिक्री खुला, २ लाख ३४ हजारलाई पर्ने, कति कित्ता भर्ने ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ खुलेको छ । कम्पनीको २५ लाख कित्ता आईपीओको आवेदन वैशाख १७ गतेदेखि निष्काशन खुला भएको हो ।

कुल निष्काशनमध्ये १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्छन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्तासम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । आइपीओ आवेदन गर्नेमध्ये २ लाख ३४ हजारलाई १०–१० कित्ता पर्नेछ । बाँकीको हात खाली हुने भएकाले १० कित्ताको दरले सेयर आवेदन दिनु उपयुक्त हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्