Shikhar Insurance

अन्ततः नबिलमा विलय हुने भयो युनाइटेड फाइनान्स, नेपाल बंगलादेशसँग मर्जर कहिले ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १५:४८
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः युनाईटेड फाइनान्स पनि नविल बैंकमा गाभिने भएको छ । शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्सको मर्जर कमिटीबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नबिल बैंकको केन्द्रिय कार्यालयमा आयोजीत एक समारोहका बीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिल र युनाइटेडबीच १००ः३५ को स्वाप रेसियो कायम गर्ने सहमति भएको बताईएको छ । नबिलमा बिनोद चौधरीको ठूलो लगानी छ भने युनाइटेड फाइनान्समा पनि चौधरीको लगानी रहेको छ । क्रस होल्डिङका कारण पनि यी दुई संस्थालाई मर्जरका लागि दबाव थियो ।

नबिल र नेपाल बंगलादेश बैंकबीच पनि मर्जर सम्बन्धी छलफल अन्तिम चरणमा पुगेको श्रोतले बताएको छ । केहिदिनभित्रै यी दुई संस्थाबीच पनि समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना छ । त्यसो त नबिलले एनसीसी बैंकसँग पनि मर्जरबारे छलफल गरिरहेको छ । नबिलले आफ्नो एक नम्बरको ताज जोगाउनका लागि केहि बैंक तथा वित्तिय संस्था मर्जर गर्ने तयारी गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्