Shikhar Insurance

यो वर्ष पनि कोरोनाले थल्यायो नेपालको अर्थतन्त्रलाई, आर्थिक वृद्धिदर ३.९८ प्रतिशत* हुने अनुमान

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । चालू आर्थिक वर्ष ३.९८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले चालु आवको ८ महिनाको तथ्यांकको आधारमा नेपालको आथिृक वृद्धिदर गत आवको भन्दा सामान्य बढी हुने अनुमान गरेको हो ।

यो वृद्धिदर आधार मूल्यका आधारमा हो । उपभोक्ता मूल्यका आधारमा चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आव ३.२७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान विभागले गरेको थियो । पछि आधार वर्ष परिवर्तन गर्दा नेपालको आर्थिक वृद्धिदर २.०९ प्रतिशतले खुम्चिएको पाइएको थियो ।

आर्थिक वर्ष २०७३/७४ देखि क्रमशः ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुँदै आएको थियो ।

गत आवको ऋणात्मक आर्थिक वृद्धिदरले आधार वर्ष खुम्चिएका कारण चालु आवमा ४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको हो ।

केन्द्रिय तथ्यांक विभागले हाल विश्वमा देखिएको कोभिड १९ को प्रभाव अर्थतन्त्रमा देखिएको उल्लेख गरेको छ । चालु आवको अन्तिमसम्म कोभिडको असर सामान्य रहने अनुमान सहित विभागले चालुको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो ।

कुन क्षेत्र कतिले बढ्यो ? कुन कतिले खुम्चियो ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्