Shikhar Insurance

निफ्रा पनि आरटीजीएस प्रणालीमा, ३५ वित्तीय संस्थाले प्रयोग गर्ने सेवामा जोडियो

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १७:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आवद्ध गराएको हो ।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । यससँगै २ लाख भन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले निफ्राको कोष व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्