Shikhar Insurance

बिग मर्जर : नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट’, अशोक राणा सीईओ, ज्योति पाण्डे डेपुटी, पाँडे अध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १८:५०
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर कमिटीमा सहमति जुटेको छ । दुई बैंकको संयुक्त मर्जर कमिटीले मर्जरमा जाने सहमति गरेको हो ।

कमिटीले स्वाप रेसियो, नाम, सञ्चालक समिति, टप म्यानेजमेन्ट तथा कर्मचारीबारे विषय टुङ्ग्याएको हो । उनीहरूले एमओयूको मस्यौदालाई अन्तिम रूप दिएको हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुवै कम्पनीको सञ्चालक समितिको वैठकले अनुमोदन गरेपछि मर्जरको मस्यौदा पारित हुनेछ र त्यसपछि मर्जरको औपचारिक सम्झौता हुनेछ ।

स्रोतका अनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने पक्का भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् । बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् ।

हिमालयन र इन्भेस्टमेन्ट १ बराबर १ को स्वापमा मर्जरमा जान लागेका हुन् । नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्