Shikhar Insurance

दिल्लीमा केजरीवाललाई बर्खास्त गरि राष्ट्रपति शासन चलाउने भाजपाको योजना

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार २०:५७
NIMB
Nabil Bank

दिल्ली । भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् ।

राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ । परिस्थिति बिग्रँदै गइरहेको छ । राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत् दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आम आदमी पार्टी (आप) का नेता तथा मुख्यमन्त्री केजरीवालले दुई दिन पहिले दिल्लीमा देखिएको स्वास्थ्य सङ्कटलाई कम गर्न चाहिने अक्सिजनको अभावलाई विदेशबाट अक्सिजन मगाएर ल्याइन लागेको बताएका थिए ।

आप पार्टीकै एक विधायक शोएब इकबालले पनि शुक्रबार कोभिड–१९ सङ्क्रमणका कारण दिल्लीका जनतामा बढेको असुरक्षालाई मध्यनजर राख्दै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए ।

कांग्रेस छोडेर गत बर्ष दिल्ली विधानसभा चुनावमा आपको टिकटमा लडेका मटिया महलका विधायकले न त आफू न सरकार कसैले पनि कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न नसकेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्