Shikhar Insurance

मजदुर दिवसमा मालिकहरुको शुभकामना, श्रमिकलाई खोपको व्यवस्था गरौंः परिसंघ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले श्रमिकहरुको अधिकार रक्षार्थ वर्षौदेखि मनाउँदै आएको अन्तर्राट्रिय मजदुर दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुमा शुभकामना व्यक्त गरेको छ । परिसंघले देशमा औद्योगिक वातावरण सहित श्रमजीवीलाई एकतावद्धबनाई मज्वुत, सवल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउन यस दिवसले प्रेरणा मिलोस भन्ने कामना समेत गरेको छ ।

कोरोना महामारीले उत्पन्न विषम परिस्थितिमा संगठीत र असंगठीत क्षेत्रका मजदुर वर्गका लागि सरकारबाट विशेष राहतका कार्यक्रम ल्याई श्रमिकको हितमा कार्य गर्नु पर्ने अहिलेको अवस्था चित्रण गर्र्दै उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्नै उद्योगमैत्री वातावरणको सृजना गर्न यस दिवस अभियानकोरुपमा अगाडी बढ्ने विश्वास विश्वास व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोनाबाट आम नागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य हो भने विशेषगरी मजदुर वर्ग स्वयं सचेत बन्न अहिलेको टड्कारो आवश्यकता रहेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए । अध्यक्ष मोरले कोभिडको प्रकोपबाट उत्पन्न समस्याहरुले प्रत्यक्षरुमा उद्योग, व्यापार तथा व्यवसायमा समेत प्रभाव परिरहेको छ । मानव जीवन र अर्थतन्त्र एक अर्काको पर्याय हुन भन्ने सोचका साथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न र उद्योग व्यसाय सञ्चालनमा सहजता बनाउन माग गैका छन् ।

खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्टट्रयाकबाट खोप आयात गरी खोपलाई अभियानको रुपमा नेपालभर लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न परिसंघले माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्