Shikhar Insurance

भक्तपुरमा एक सय वेडको आइसोलेसन वार्ड तयार, कलेजले दियो ठाउँ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । कोभिड विरामीको उपचारका लागि नेपाल सरकारले नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा एक सय वेडको आइसोलेसन वार्ड तयार पारेको छ । अहिले त्यहाँं विरामी राख्न तयारी अवस्थामा पुगेको छ ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलब्ध गराएको जनाए । कलेको ठूलो कार्यक्रम हल त्यसका लागि उपलव्ध गराएको जानकारी उनले गराए । वार्डका लागि बाँंकी सवै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Nepal Life

वेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री जस्तै प्रत्येक वेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, सावुन, रुमाल, टुटपेष्ट, मन्जनलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए । साथै वेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार विहानसम्म त्यहाँं विरामी भने पुगेको छैन । तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले बिरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरिएको हो ।

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । यी चारमध्ये जिल्लामा सवैभन्दा वढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकाहरुमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँंच जना सम्पर्कविहीन छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्