Shikhar Insurance

माधव नेपालको अपिलः कोरोनाका कारण श्रमिकले भोग्नु परेका समस्यामा सम्बोधन होस

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार १२:३०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोनाका कारण श्रमिकहरुले भोग्दै आएको समस्या सम्बोधनका लागि सरकारसँग अपिल गरेका छन् ।

१३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा वक्तव्य जारी गर्दै बरिष्ठ नेता नेपालले कोरोना कालमा समस्यामा परेका श्रमिकहरुको रेखदेखका लागि सरकारसँग अपिल गरेका हुन् । उनले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माणका आधार नै श्रमिक वर्ग भएको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले न्युनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानुनमा गरिएका व्यवस्था कार्यान्वयनको आवश्यकता पनि औल्याएका छन् ।
ठूलो संख्यामा युवा जनशक्ति विदेशिएकोमा चिन्ता व्यक्त गर्दै उनले स्वदेशमा रोजगारीको अवसर र युवाहरुको ज्ञानशिपको उपयोग गर्ने वातावरण तयार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

साथै, कम्युनिष्ट पार्टीको एकता जोगाउन श्रमिक वर्गको सक्रियताको आवश्यकता पनि नेता नेपालले औल्याएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्