Shikhar Insurance

साउन १ गतेदेखि श्रमिकहरुको तलब १५ हजार, प्रधानमन्त्री ओलीले भनेः निजी क्षेत्रले मान्नै पर्छ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार १३:४८
NIMB
Nabil Bank

काठमाडौं । साउन १ गतेबाट श्रमिकहरुको न्युनतम तलब १५ हजार कायम हुने भएको छ । सरकारले श्रमिकहरुको न्युनतम पारिश्रमिक ११.५२ प्रतिशत बढाएर १५ हजार पुर्याउने घोषणा गरेको हो । निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनहरुका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्युनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देश मार्फत श्रमिकको न्युनतम तलब १५ हजार पुर्याउने घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल श्रमिकहरुको न्युनतम पारिश्रमिक १४ हजार ४ सयउ ५्र० रुपैयाँ कायम छ । आगामी आर्थिक वर्ष २०७८/७९ बाट त्यस्तो पारिश्रमिक १५ हजार पुग्नेछ । अर्थात श्रमिकहरुको तलब अब एक हजार ५ सय ५० रुपैयाँ बढ्नेछ । त्यस्तै, अब श्रमिकको दैनिक न्युनतम ज्याला पनि ५१७ रुपैयाँबाट बढेर ५७७ रुपैयँ हुनेछ । प्रतिघण्टा ज्याला पनि ६९ रुपैयाँबाट ७७ रुपैयाँ पुग्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्