Shikhar Insurance

निषेधाज्ञामा पनि नेपाली उत्पादन घर घर पुर्‍याउँदै रोलिङ बजार

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १४:५८
NIMB
Nabil Bank

काठमाडौं । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोभिड – १९ (कोरोना भाइरस) को दोश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा अहिले निषेधाज्ञाको घोषणा गरिएको छ । सो कुरालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु अनलाईन प्लेटफर्मद्वारा बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामा पनि निरन्तरता दिँदै आएको छ ।

रोलिङ्ग बजारका भाईस प्रेसिडेन्ट रोजेश मान श्रेष्ठले रोलिङ्ग बजारले स्वास्थको मन्त्रालयको निर्देशन अनुसार सम्पूर्ण स्वस्थको मापदण्ड पुरा गरि घर घर सेवालाई निरन्तरता दिने गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“नेपाली मन नेपाली उत्पादन” नारा बोकी आगाडी बढेको रोलिङ्ग बजार अनलाईन सपिङ्ग प्लेटफर्म अहिले थुप्रै नेपालीहरु माझ लोकप्रिय बन्न पुगेको छ । त्यस्तै रोलिङ्ग बजार नेपाली उद्यमीहरुको बजार हो र विशेषत: महिला,अपांगता र स्वदेशी फिर्ती उद्यमीहरु पर्दछन् । रोलिङ्ग बजारमा नुवाकोटको पोखरेली चामलदेखि धनुषाको काला नमक, मेलम्चीको बासमती, जुम्लाको दाल, इलामको गाईको घिऊ, सिन्धुलीको जुनारको जुस जस्ता देशभरका स्वदेशी उत्पादन अनलाइनबाटै अडर गरि होम डेलिभरी सेवा पाउन सकिन्छ ।

रोलिङ्ग बजारका भाइस प्रेसिडेन्ट रोजेश मान श्रेष्ठ भन्छन्, ” रोलिङ्ग बजार एउटा अनलाईन सपिङ्ग प्लात्फोर्म मात्र नभई थुप्रै नेपाली घरेलु उद्यमीहरु जो रोलिङ्ग बजार संग आबद्ध हुनुहुन्छ, उहाहरुको लागि प्रोत्साहन, बजार अनि रोजगारी पनि हो र साथ साथै देशको अर्थतन्त्र मा टेवा पुराउने अथक प्रयास पनि हो “।

रोलिङ्ग बजारको यस्तो सुविधाका लागि रोलिङ बजारको वेबसाइटमा ९८०२३६५२४७, ९८०५३६५२४७ मा सम्पर्क गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्