Shikhar Insurance

नेपालमा इन्धनको मूल्य नबढ्ने, भारतले मुल्य बढाएपछि निगमको मासिक घाटा २ अर्ब

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १७:१५
NIMB
Nabil Bank

काठमाडौं । इन्डियन आयल कर्पोरेसनले तेलको मूल्यसूची बढाएर पठाएको भएपनि नेपालमा भने मूल्य नबढ्ने भएको छ । नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई मासिक २ अर्ब रूपैयाँ घाटा हुने भएपनि निगमले तेलको मूल्य नबढाउने भएको हो ।

निगमले कोरोना अवधि भएकाले राहत होस् भन्ने उद्देश्यले तेलको मूल्य नबढाउने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ७६ पैसा, डिजेलमा ३ रूपैयाँ ४२ पैसा र ग्यासमा ३ सय ७५ रूपैयाँ १३ पैसा घाटा पर्नेछ । यसले निगमको पाक्षिक घाटा १ अर्ब रूपैयाँ पुग्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्