Shikhar Insurance

स्वास्थ्यकर्मीको अभाव, ‘अध्ययन बिदामा रहेका काममा फर्किनु, डाक्टरी पढ्दै गरेकालाई सेवामा लगाउनु’

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । देशभर कोभिड संक्रमितको संख्या बढेसँगै स्वास्थ्यकर्मीको अभाव भएको छ । स्वास्थ्यकर्मीको अभाव भएसँगै स्वास्थ्य मन्त्रालय स्वास्थ्यकर्मी जुटाउने कसरतमा लागेको छ ।

स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ । मन्त्रालयले उनीहरूलाई आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुने भनेको छ भने ती स्वास्थ्य संस्थालाई सेवामा खटाउन भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै चिकित्सा विद्या पढ्दै गरेका विद्यार्थीलाई संक्रमितको सेवामा लाग्न मन्त्रालयको निर्देशन छ । मन्त्रालयले भनेको छ, “विश्वविद्यालय र मेडिकल कलेजहरूले उपचार व्यवस्थापनमा लगाउनु तथा आवश्यकअनुसार अन्य अस्पतालमा खटाउन सकिने ।”

GBIME

प्रतिक्रिया दिनुहोस्