Shikhar Insurance

‘निषेधाज्ञा’लाई कर नतिर्ने बहाना बनाउन मिल्दैनः झक्कप्रसाद आचार्य

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १८:५१
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले निषेधाज्ञालाई कर नतिर्ने बहाना बनाउन नमिल्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आचार्यले कर तिर्नका लागि डिजिटल प्रविधिको विकास भइसकेकाले प्राविधिक समस्याबाहेक ‘कर तिर्न सक्दिनँ’ भन्न नमिल्ने जिकिर गरेका हुन् ।

उनले प्रविधिमार्फत् सरकारले तोकेको समयअगावै कर तिर्न आग्रह पनि गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “कर तिर्नलाई कुनै समस्या छैन । निषेधाज्ञा नभएका ठाउँमा त समस्यै भएन । निषेधाज्ञा भएका ठाउँमा विद्युतीय माध्यमबाट कर तिर्न सकिन्छ ।” एनसीएचएलबाटै एक पटकमा १० लाखसम्म ट्रान्स्फर गर्न सकिने बताउँदै उनले भने, ” कर तिर्न चाहनुहुनेले २–३ वटा कारोबार बनाएर तिर्दा पनि भयो । तैपनि १० लाखभन्दा बढी कर तिर्नेको संख्या त निकै कम छ ।”

उनका अनुसार सानो परिमाणको कर तिर्नका लागि अत्यावश्यक सेवाभित्र पर्ने बैंक खुला नै छ ।

यस्तै भ्याटको विवरण अनलाइनबाटै बुझाउन सकिने जिकिर उनले गरे । अस्वभाविक समयमा ठूलो परिमाणको कारोबार नहुने भन्दै उनले त्यसको १३ प्रतिशत बढी नभएको बताए । अन्तः शूल्कबाहेक अन्य कर धेरै नहुने उनको भनाइ छ ।

“सरकारी राजस्व तिर्न त समस्यै छैन । प्राविधक समस्या भयो वा तिर्ने पैसा नै भएन भने सरकारले निर्णय नै गरेर सहजीकर हुन्छ,” आचार्यले भने, “महामारीकै कारणले जरिवाना लगाउँदैनौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्