Shikhar Insurance

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र डा. अर्याल नियुक्त

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चाकमा दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पाण्डे र डा. अर्याललाई पुनः सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताका तर्फबाट सञ्चालक रहेका पाण्डे र अर्यालको कार्यकाल बैशख २१ गतेबाट समाप्त हुँदै थियो ।  रिक्त हुने दुबै सञ्चालक पदमा समितिले पाण्डे र अर्याललाई नै पुनः नियुक्त गरेको हो । सो नियुक्त आगामी साधारण सभासम्म मात्रै कायम रहनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरु पुनः सञ्चालक हुने वा नहुने भन्ने निर्णय भने सोही साधारण सभाले गर्नेछ । उनीहरुको यो नियुक्तीलाई पनि आगामी साधारण सभाले पास गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्