Shikhar Insurance

सेयर बजारमा लगानीकर्ताको सक्रियता यथावत्, दोहोरो अंकले घटेपनि निषेधाज्ञा सुरू भएपछिकै बढी कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन कारोबार सुरू भएको केही समय बढेको नेप्से परिसूचकमा त्यसयता घटबढ हुँदै १२.३५ अंकले कमी आएको हो ।

निषेधाज्ञा सुरू भएको पहिलो २ कारोबार दिनमा बढेको नेप्सेमा आज गिरावट आएको हो । बिहीबार बढेको सेयर बजारमा आइतबार ५४ अंकको सुधार देखिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से ०.४६ प्रतिशतले घट्दा पनि कारोबारमा भने उत्साह घटेन । कारोबार रकम ४ दिनयताकै उच्च छ छ । आइतबारको भन्दा सोमबार १६ करोड बढीको सेयर किनबेच भए ।

आज २ सय १६ कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर ७ अर्ब ५२ करोड रूपैयाँमा किनबेच भए ।

लघुवित्त र इन्भेस्टमेन्ट समूहबाहेक अन्य समूहका उपसूचकमा सुधार नआउँदा सोमबार नेप्से घटेको हो । लघुवित्त समूह १.३ प्रतिशत र इन्भेस्टमेन्ट समूह ०.५ प्रतिशतले बढ्दा अरू समूह रातै भए ।

निषेधाज्ञाका माझ लगानीकर्ताको सेयर बजारमा लगानी गर्ने उत्साह कम भएको छैन । नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्साल भन्छन्, “घरैमा बसेर सेयर खरिद बिक्री तथा रकम ट्रान्स्फर गर्न मिल्छ । यसर्थमा लगानीकर्ताको सक्रियता घटेको छैन ।”

बजारमा परिसूचक घटबढ सामान्य विषय रहेको बताउँदै उनले सिंहदरबारसँग भने, “लगानीकर्ता बजारमा थप अभ्यस्त हुन थालेका छन् । वातावरण पनि सेयर बजारकै समर्थनमा छ ।” उनका अनुसार अहिले लगानीकर्ता कोही आशावादी, कोही निराशावादी ,कोही पर्ख र हेरको अवस्थामा छन् । “यो मिश्रित बुझाइका माझ कारोबार परिमाण र रकमले बजारलाई टेवा दिइरहेको छ,” लम्सालले भने ।

सोमबार १ सय १४ कम्पनीको मूल्य घटेको छ । यस्तै ६२ कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा घटबढ भएन । विशाल बजार कम्पनी, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, महिला लघुवित्त, न्याग्दी ग्रुप पावर र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य करिब १० प्रतिशतले बढे ।

घट्नेमा हिमालय उर्जा विकास कम्पनीको मूल्य सबैभन्दा बढी ३.५८ प्रतिशतले घटेको छ ।

सोमबारको बजारमा अपि पावर कम्पनीको सबैभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ । अपिको ३९ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भयो । अपिलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर बिक्रीका लागि हिजो अनुमति दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्